
सन् १९७२ मे महिनाको २६ का दिन उनी यस धर्तिमा पदार्पण भएका हुन् । त्यतिवेला उनको परिवार वीरगञ्जको सुवर्णपुरमा बस्थ्यो । गायक निमा रुम्वाको बुबा ठुल्ठिम रुम्बा र आमा ठुलिमाया लामा हुनुहुन्छ । तीनजना छोराहरुमध्ये माहिंलो सन्तानको रुपमा यस धर्तीमा उनी जन्मिएका हुन् रे ।
उनी सानै छदा नै स्वयम्भूको किमडोलमा उनकेा परिवार माइग्रेट भएको हो । सानोमा उनलाई पढ्नभन्दा खेल्नमा ज्यादै रमाइलो लाग्थ्यो रे । 'गुच्चा, पौडी खेल्न र माछा मार्नमा मेरो बालवस्था व्यतीत भयो । अर्काको बारीको मूला, सुन्तला र भोगटेहरु कति चोरियो, कुनै हेक्का छैन' गायक निमा भन्छन् । स्वयम्भूकै जनसुधार प्राथमिक विद्यालयबाट उनको स्कुले जीवन प्रारम्भ भए पनि एसएलसी भने विजयश्वरीको श्री गीतामाता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् । संगीतमा पदार्पण भएकाले काठमाडौं संयुक्त क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्णपछि भने अध्ययनलाई अगाडि बढाउन नसकेको उनले स्वकारे ।
कलाकारिता मोह र प्रवेश
सानैदेखि संगीत सुन्ने सोख थियो गायक निमा रुम्वामा । अग्रज नेपाली कलाकार र पश्चिमा संगीतहरु उनलाई पि्रय लाग्थे । तर, संगीतमा लाग्ने सोच भने थिएन उनको । माइकल ज्याक्सन, जर्ज माइकल, बव मार्लिका गीतहरु उनी एकदमै सुन्थें । जे.जे. केलबाट भने विशेष प्रभावित थिए उनी । 'एसएलसीपछि विजयश्वरीका साथीहरुले ब्याण्ड स्थापना गरेका थिए । मलाई मेरो दाजुले त्यहाँ लैजानुभएको थियो । 'ब्यास' ग्रुप स्थापना गरी स्थानीय टोलहरुमा थुप्रै कार्यक्रम प्रस्तुत गरियो । देउसी-भैलोमा हाम्रो निकै सक्रियता रह्यो' गायक निमाले भने । तर, व्याण्डले खासै स्थायित्व पाउन सकेन । तसर्थ उनी ब्याण्डबाट छुटिएर 'द पिस' ब्याण्डमा सम्मिलित भए । 'द पिस'बाट भने पहिलो रक-पपशैलीको गीत 'आइदेउ पि्रय...' रेकर्ड गर्न सक्षम रह्यो । सो समूहबाट पनि उनी अलग्गिएर एकलरुपमा लागिपरेका हुन् । एकल यात्राको थालनीसँगै उनले पहिलो पटक 'जाँदैछु टाढा-टाढा...' बोलको गीत रेकर्ड गरेका थिए ।
पछि उनले पहिलो गीतिसंग्रह 'सुन-सुन' प्रस्तुत गरे । पछि 'मेमोरिज' गीति-संग्रहमा संग्रहित 'मिस क्याट वाक'ले उनलाई परिचित गरायो । त्यसपछि भने क्रमशः 'हुरी बतास', 'ललिता' र 'फेथ' नामक गीतिसंग्रह बजारमा आइसकेका छन् । अब भने उनको नयाँ गीति-संग्रह 'प्राइड' तयार भइसकेको छ । लगभग डेढ दशकको सांगीतिक यात्रा तय गरिसकेका छन् गायक निमाले । 'श्रोतासँग सधैं भावानात्मक सम्बन्ध प्रगाढ बन्दै रह्यो । सवैबाट हौसला नै पाएँ । एक प्रकारको गर्व अनुभव भइरहेको छ । सोही कारण एल्वमको नाम पनि 'प्राइड' राखेको हुँ' गायक निमाले भने ।
आत्ममूल्यांकनमा निमा
मेरो संगीत सिर्जना पृथक नै छ । सांगीतिक पहिचान छुट्टै छ मेरो । तर, मभित्र पनि राम्रो-नराम्रो दुवै गुण छन् । नम्रता र शिष्टता मैले संस्कारमा नै लिएर आएको छु । यसैमा विश्वास पनि गर्छु र अरुमा छ भने सम्मान गर्न पनि पछि पर्दिन ।
जीवनमा धेरै संघर्ष गर्नु परेको छ, तर पनि आत्मविश्वासलाई त्यागेको छैन ।
संघर्ष र हङकङ यात्रा
एसएलसी सकिएपछि संघर्षका दिनहरु शुरु भए गायक निमाको । संगीतमा हल्का-फुल्का लागे पनि जीवन त्यति सहज नभएको अनुभूत उनलाई पनि थियो । निराशाले पूरै गाँजेको थियो गायक निमालाई । अनलक्की फिल हुन्थ्यो रे उनलाई कहिलेकाहीँ । यस्तैमा उनकी श्रीमती शेलीको हङकङ जानुपर्ने भयो । सन् १९९६ मा उनी पनि त्यसतर्फ श्रीमतीसँगै गएका हुन् । 'विदेशको ठाउँमा गरेको संघर्ष सम्भ"mदा अहिले पनि नरमाइलो अनुभव हुन्छ । नेपालमै संगीतमा लागेर थोरबहुत नाम कमाइसकेको मान्छे म त्यहाँ अनेकानेक संघर्षमा रुमल्लिनुपर्यो' उनले संघर्षका एकक्षण सम्भिmन पुगे ।
प्रेम, विवाह र सेक्स
वय अवस्थामा पे्रम एक आकर्षण मात्र पनि रह्यो होला उनको लागि । तर, चोखो प्रेम जीवन-यापनमा हौसला बन्ने ठम्याएका छन् गायक निमा रुम्वाले । उनी भन्छन् 'हर-प्रहरमा आत्मसाथ दिने नै सच्चा प्रेमी वा प्रेमिका बन्न सक्छ जस्तो लाग्छ ।' उनको सांगीतिक जीवनमा एक समय मीठो मोड देखापर्यो । प्रज्ञा भवनमा कार्यक्रम प्रस्तुतपश्चात् एकजना केटीसँग उनको परिचय भयो । फोनमा कुराकानी हुन थाल्यो । बिस्तारै भेटघाटपछि सम्बन्ध प्रगाढ बन्दै गयो । लगभग एक वर्ष लामो प्रेम-प्रसङ्गपछि उनी तिनै फ्यान शेली थापासँग विवाह-बन्धनमा बाँधिने निर्णयमा पुगे । 'मेरी प्रेमिका शेली थापा, मेरो हर दुःखमा पनि प्रेरणा बनेर छाइरहिन् । र, सन् १९९५ मा विवाह गर्यौं हामीले' उनले भने । अहिले नौ वषर्ीय छोरा सम्युल रुम्बा र नर्विन रुम्वाको साथमा उनको परिवार रमाईरहेको छ ।
विवाहजस्तै सेक्सले पनि सम्बन्ध स्थापनामा ठूलो भूमिका निर्वाह गर्ने उनले बुझेका छन् । समय र उमेरसँगसँगै सेक्ससम्बन्धी पनि मानिसले ज्ञान हासिल गर्दै जाने उनले बताए । 'सेक्ससम्बन्धपछि नै अझ सम्बन्ध गाढा हुन्छ । पे्रमलाई अझ सुमधुर बनाउँछ सेक्सले' उनको कथन छ । प्रेमी-प्रेमिकाबीच आपसी समझदारिता र विश्वास भए विवाहअघिको सेक्ससम्बन्ध पनि खासै नराम्रो भएको उनको जिकिर छ । तर, स्वच्छ हृदय र विश्वास हुनु जरुरी रहेको उनले बताए । 'वास्तवमा सेक्सले मानिसलाई ज्यादै ठूलो आनन्द प्रदान गर्छ । म आफूलाई पनि साधारण मानिससरह साधारण कामुक नै मान्छु' गायक निमाले खुलस्त भने ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment