अपहरित कोटेश्वर निवासी नौ वषिर्य बालक विवेक शर्मा लुइंटेल को खोज अनुसन्धानमा प्रहरी प्रशाशनले कुनै चासो नदेखाएको भन्दै आज दिनभरि बालकका परिवार र काटेश्वर नागरिक समाजले चक्का जाम गरेका छन् । उनीहरुले कोटेश्वर चोकमा यातायात आवत जावतमा अवरोध पुर्याएका थिए ।विगत ११ दिन अघि बालक विवेक शर्माको अपहहरण गर्ने व्यक्ति पक्राउ परे पनि बालक भने फेला पर्न सकेको छ्रैन ।
लोकतन्त्रको बहाली पछि पनि प्रहरी प्रशासन यसरी मौन रहनुले उनीहरुको कार्य क्षमता र निष्कृयता प्रति प्रश्न चिन्ह खडा भएको आरोप उक्त समाजले लगाएको । प्रहरीले अपहरण बालकको खोजीका लागि तीन सदस्य छानविन टोली स्थापना भए पनि उनीहरुले कुनै निष्कर्षमा पुग्न नसकेको पनि उनिहरुले बताएका छन ।
सोही अवसरमा कोटेश्वर चोकमा अपहरित बालकको तश्वीर लिएका उनकी आमा र अन्य आन्दोलनकारीहरुका तश्वीर यहाँ समेटिएका छन् ।
No comments:
Post a Comment