
गायक धिरज राईको 'पिmडम' एल्वममा संग्रहित 'जाउ समाउ ति हात.... गीतको म्युजिक भिडियो नेपाल टेलिभिजनले प्रशारणमा रोक लगाएको छ । नेपाल टेलिभिजनका अनुसार उक्त म्युजिक भिडियोमा मोडलहरुले अंगालो मारेको दृश्य 'भल्गर' भएको जनाउदै रोक लगाएको हो ।
गायक धिरज राई भने नेपाल टेलिभिजनको यो निर्णयबाट सन्तुष्ट बन्न सकेका छैनन् । उक्त म्युजिक भिडियोमा छायाँकन गरिएको सो अंगालो मारेको दृश्य कथा अनुरुपनै भएकाले सम्पादन गर्न नमिल्ने उनले बताए । आज भोली त्यस्ता दृश्य सामान्य भइसकेको पनि उनले बताए । गायक धिरज भन्छन् 'नेपाल टेलिभिजनबाट प्रशारण हुने फिल्म, हिन्दी गीतहरु, कति पय नेपाली गीतहरुमा पनि यसभन्दा धेरै यस्ता दृश्यहरु समावेश हुन्छ । तर, त्यहाँ किन सेन्सर नगरिएको हो ? बुभ\mन सकिएन ।' उनका अनुसार मेलोडीमा आधारित गीत भएकाले धेरै श्रोता दर्शकले मनपराई रहेका छन् सो गीत । र सो अंगालो मारेको दृश्य, भिडियोका लागि महत्वपूर्ण भएको उनले जनाए । तसर्थ एउटा टेलिभिजनबाट प्रशारण नभए पनि अन्यबाट प्रशारण भइरहेकोले त्यो गीत 'हिट' हुने उनको विश्वास छ ।
उनको पहिलो एल्वममा रहेको सो गीतलाई गायक धिरज राईले रिमेक गरेर पछिल्लो एल्वम 'पिmडम'मा समावेश गरिएको सो गीतको म्युजिक भिडियो ६० हजार रुपैयाको लागतमा गत महिनामात्र निर्माण भएको थियो । एन.आर. स्टुडियोबाट निर्मित उक्त भिडियोका निर्देशक प्रनव भट्टराई रहेका छन् ।
यद्यपि गायक धिरज राईको सो गीतको म्युजिक भिडियो पुनः इडिट गरि नेपाल टेलिभिजनमा प्रशारणका लागि पठाइसकिएको छ ।
बास्तवमा यो गीतमा प्रयोग भएको सो अंगालो मारेको दृश्य आपत्तिजनक रहेको छ वा छैन ? तपाई स्वयं निर्णायक बन्न सक्नु हुन्छ । भिडियोका लागि लग अन गर्नु होस् । www.fursad.com
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment