

-जीवनको यात्रामा बाटो अल्मलिनेहरु धेरै छन् । कोही जानी जानी बाटो विराउछन् कोही अन्जानमा गलत बाटो तर्फ मोडिन्छन् । मानिस भएर गल्ति गर्नु अनौठो कुरो होइन । तर, रियलाईज गर्नु ठूलो र महत्वपूर्ण कुरा हो । कुनै समय आफ्नो जीवनको महत्वपूर्ण क्षण लहडैमा ड्रगको नशामा डुवेर विताएकी एक चेली जिनत तामाङको अन्तरकथा निकै मार्मिक छ । जिनत त मात्र एक प्रतिनीधी हुन् । यो कथा त धेरै युवाहरुको जीवनमा घटिरहेको एउटा वित्यास लाग्दो पाटो हो । तसर्थ 'मेरो आवाज'मा जिनतको अन्तरकथा अनुवाद गरि समाविष्ट गरिएको हो । उनको अन्तरकथा यसरी सुरु हुन्छ ।)
जिनत तामाङ
म भर्खरै मेरो टीनएजमा प्रवेश गरेकी थिएँ र एउटा राम्रो परिवारमा हुर्किएकी असल स्वभावकी 'क्युट' केटी थिएँ । यो सवै बयस्क र ठुलो भएको देखाउनका निम्ती सुरु भयो । पहिला त मैले औलामा च्यापेर सिगरेटको धुवाँ फुँक्न थाले । म सोच्थें कि एक दुई सर्कोले मलाई खासै केही फरक पर्दैन । बास्तवमा कसैलाई पनि ठुलो हानी गर्दैन । जव म साथिहरुको माझमा हुन्थे, उनीहरुबाट जि अर्थात 'गाँजा', 'ट्यावलेट'को कुरा सुन्थें । मलाई थाहा थियो कि म जे गर्न गइरहेकी छु, त्यो सहि होइन तर मानव भइसके पछि हामीले सवै कुराको अनुभव गर्नु पर्छ तर यसैमा लाग्नु हुदैन भन्ने म सोच्थे । -यि कुराहरु एक जना दाजु पर्नेले भन्ने गथ्र्यो) । म आफै विश्वस्त भएँ कि यसैमा मेरो लत लाग्ने छैन । यहि नै मेरो पहिलो अध्यारो तिरको पाइला थियो । म राम्रो भन्दा पनि असल विधार्थी थिएँ । यि सवै कुरा मैले छोडि दिएँ । मेरा भावनाहरु साट्नका र समय विताउनका लागि कोही पनि हुदैन थिए । कितावहरु त सधैं किताव नै हुन्थे । मेरा समय सार्है कठिन साथ व्यतित हुन्थे ।
यि कुरा मैले भनिरहन पर्दैन थियो तर त्यहिनै मैले ड्रग लिनुको धेरै मध्ये एक कारण थियो । ड्रग मेरो लागि आत्मिय बन्न पुग्यो । विस्तारै सवै कुराहरुबाट चाहना पनि घट्दै गयो, यहाँसम्म कि केटाहरुसँग पनि मेरो कुनै चाहना रहेन । -तपाई विश्वास गर्न सक्नु हुन्छ ?) र, एक अर्को भाग, अवश्य पनि मेरो परिवार, मेरा दुखि परिवार, धेरै रुढिवादी र परम्पराबादी थिए । उनीहरु मेरो व्यवहारका लागि धेरै दुखित थिए, साच्चै भन्नु पर्दा उनीहरु वाक्क र पागल बनिसकेका थिए । घरको कसिंगर हुरिले बढारेको झैं भइरहेको थियो । मेरो परिवार विग्रदै जानुको पहिलो कारक तत्व म नै थिएँ । तसर्थ यि कुराहरु मैले आफ्नै आँखाले हेरीरहनु परिरहेको थियो । मेरा ड्रग लिने साथीहरु बाहेक कुनै ठाउँ थिएन जहाँ म जान सकुँ, कुनै साथि थिएन जस्लाई म आफ्नो कुरा भन्नु सकुँ, किनकी मलाई पहिला नै बेवास्ता गर्न थालि सकेका थिए ।
मलाई ड्रग्सबाट प्राप्त हुने अनुभव अविश्वसनिय हुन्थे । मैले सिरिन्जबाट पनि ड्रग लिन थालिसकेको थिएँ जुन 'फिक्स'को नामले पनि परिचित छ । मैले आप\mनो पीडा कम गर्न साथीहरुको धारणाबाट यसो गरेको थिएँ र मलाई निकै उत्साह अनुभव भयो । मलाई यस्तो अनुभव भयो कि मेरो पुरा शरिरभरि केहि दौडिरहेको छ । पीडा र दुखाईहरु सवै विर्सिएँ, र सवै कुरा अबास्तविक झै देखियो । पछि के कस्तो मूल्य चुकाउनु पर्ला भनेर मैले एकक्षण पनि सोंचिनँ । मेरो जीवन 'नालीको किरा' झैं भएको थियो ।
मैले थाहा पाएँ र अनुभूत भयो कि मेरो भविष्यको बारेमा पनि सोच्नु पर्नेछ । तसर्थ मैले ड्रगलाई त्याग्ने निर्णय गरे । त्यस पछि भने म पुर्णरुपमा ड्रगमा लिप्त भइसकेको महसुस भयो । म एडिक्ट भइसकेको थिएँ । जव म प्रत्येक डोज लिन्थे र सोंच्थे यो मेरो अन्तिम पटक हुनेछ । तर, भोली कहिले आउदैन भने जस्तै 'मेरो अन्तिम डोज' कहिले पनि अन्तिम भएन । त्यस पछि मैले आफ्नो खानाको लागि आफैले कमाउनु पर्ने अवस्था आईसकेको थियो । यसरी नै समय व्यतित भइरहेको थियो । यो हिजो जस्तै लाग्दथ्यो । तर, धेरै ढिलो भइसकेको थियो । पैसा मेरा लागि सवभन्दा ठूलो समस्या थियो । मैले आफ्नो साथीहरुलाई, परिवारलाई, पैसा माग्न कुनै धक मानिन । यद्यपि मेरो दैनिक डोजको लागि यो प्रर्याप्त थिएन । त्यसैले चोर्न पनि मलाई धक लागेन । त्यो मेरो लागि एउटामात्र विकल्प थियो । मैले प्रायः सवैलाई गुमाईसकेकी थिएँ । मेरो छिमेकमा पनि म 'खत्तम बच्चा' भनेर चिनिन्थे । मलाई उनीहरुले 'साइको' भनेर बोलाउथे । 'यो केटीले पैसाको लागि जे पनि गर्न सक्छ ।' उनीहरु यसरी नै कुरा काट्थे । पछि, म टोलमा कुराको 'विषय' बनेकी थिएँ । विस्तारै परिवर्तनहरु आउन थाले । म बाटोमा हिड्दा पनि केही मान्छेहरुले मलाई आँखी भौं उठाएर ठाडो नजरले हेर्ने गरेको मैले बुझेकी थिएँ ।
सुरुवातका वेला यो एक उत्सुकता थियो, परिपक्क भएको देखिन चाहन्थे, र फेशनेवन बन्न चाहन्थे । पछि, यो पीडा, निराशा र पेलानबाट मुक्ति पाउने 'माध्यम' बनेको थियो । यो एक प्रकारको दैनिक जीवनबाट छोटो विराम र वेवास्ता थियो । ड्रग मेरो लागि दैनिक आवाश्यकिय बन्यो र पछि त खाना जस्तै नै भयो । ड्रग मेरो नशामा बगिरहेको थियो । म यसैमा मानसिक र शारीरिक रुपमा निर्भर बनिसकेकी थिएँ । केही लक्षण नदेखुन्जेल मैले आप\mनो डोजमा दैनिक बढाउदै लगें ।
एक मिनटका लागि, मैले सोचे कि हुनसक्छ म हारें र ड्रगले म माथि विजय प्राप्त गर्यो । म धेरै वेर रोएँ । आँशुले मलाई भिजाउन्जेल रोइरहें । मलाई लाग्यो कि अव म साधारण जीवनमा र्फकन सक्दिन होला, तर, भाग्यवस, म मेरो कोठामा रंगे हात मेरो अंकलबाट पक्डिएँ । म के गरिरहेकी छु भन्ने उहाँलाई कुनै आइडिया भएन । अन्त्यमा उहाँले पत्ता लगाउनु भयो, त्यहाँ त्यो अवस्थालाई लुकाउने वा सम्हाल्ने कोही थिएन । पछि उहाँलाई सवै कुरा थाहा भयो । तत्पश्चात म महिला पुनस्र्थापना केन्द्रमा भर्ति भएँ ।
यहाँ बन्द कोठामा रहेकी छु । मैले मेरो समय, योवना र बास्तवमा सवै कुरा खेर फालें, तर जव म आफुलाई नियाल्छु तव म मेरो अंकललाई धन्यवाद दिन्छु । 'म अहिलेसम्म बाँचीरहेकी छु ।'
-नोटः यो जिनत तामाङले फुर्सद डट कमलाई अंग्रेजीमा लेखेर पठाएकी हुन् । सोही आत्मवृतान्तलाई यहाँ अनुवाद गरि राखिएको छ ।)
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment