
एक्काइसौं शताव्दीको प्रवेशसँगै आधुनिकताको मोहजाल पनि विश्वमा फैलिसकेको छ । विकाशोन्मुख देश भनिए पनि आधुनिकताको परिवेशले नेपाल अछुतो हुन सकेन । नेपालमा पनि ग्ल्यामर्सको क्षेत्रले फल्ने फुल्ने मौका अझ पाएको छ । थुप्रै प्रतिभाहरु देखिएका छन्, ग्ल्यामर्सको क्षेत्रमा । त्यसो त ग्ल्यामर्ससँगै आधुनिकता र उदारभावनाले पनि विशेषत यूवाहरुमा जरो गाडेको पाइन्छ ।
डिस्को जानु, स्मोक गर्नु, डि्रंक गर्नु अव सामान्य भइसकेको छ नेपाली युवाहरुका लागि । सँगसँगै सेक्समा पनि उदार हुन थाली सकेका छन् । सेक्सका बारेमा खुलेर कुरा गर्नु नौलो हुन छाडी सकेको छ ।
मिलेनियम मोडल कन्टेस्टमा मिस पmेण्डसिप बन्न सफल मोडल शान्ति लामा सेक्सका कुरालाई कुण्ठित बनाउन नहुने धारणा राख्छिन् । भरपर्दो साथी वा जिवन विताउने व्यक्तिसँग विवाह अघि सेक्स सम्वन्ध राखे पनि फरक नपर्ने उनको धारणा छ । उनी भन्छिन् 'हावा तालमा सेक्स सम्वन्ध राख्नु राम्रो होइन तर समझदारी छ भने फरक पर्दैन ।'
ग्ल्यामर्सको परिवृत्त भएकाले पनि मोडल, नायिकाहरु सेक्स्मा अलि उदार देखिन्छन् । त्यसो त अन्य क्षेत्रका युवाहरुमा पनि यो उदारता नभएको भने होइन । सन् २००३ को मिस नेपालमा सेकेण्ड रनर अप बन्न सफल नुमा राई सेक्सलाई 'मोरल एजुकेशन'को रुपमा लिनु पर्ने बताउँछिन् । टिनएजर्सले यस्ता हर कुरामा ज्ञान आर्जन गर्नु पर्ने धारणा उनको छ । मोडल नुमाले भनिन् 'सेक्स भावानात्मक कुरा हो जहाँ दुई आत्मा र दिमागको मेल हुन्छ ।'
बास्तवमा सेक्सलाई नराम्रो ठानी लुकाउने र लाज मान्ने प्रवृत्तिले युवाहरुमा विशेषतः नकारात्मक सांेच बढ्ने र विकृति बढ्न सक्ने कुरा मनोविशेषज्ञहरुको पनि भनाई रहेको छ । त्रिभुवन विश्व विधालयकी उपप्राध्यापक गंगा पाठक यौनका कुरालाई विस्तारै युवाहरुमा शिक्ष् दिनु पर्ने धारणा राख्नु हुन्छ । उहाँ स्कुलका पाठ्यक्रममा पनि समेटेर यौनका बारेमा विस्तृत जानकारी दिएमा विकृती कम आउने र अनावश्यक रोगका कारण अकालमा ज्यान गुमाउन नपर्ने बताउनु हुन्छ । 'लुकाउने र लाज मान्ने पवृत्तिले युवामा कौतुहलता बढ्ने र होस गुमाउने हुनाले समाजमा नकारात्मक विकृती विसंगती देखा पर्न सक्दछ' मनोविशेषज्ञ पाठक भन्नु हुन्छ ।
पछिल्लो क्रमका नेपाली चलचित्रमा पनि यौनका दृश्यहरुले प्रश्रय पाउन थालेको छ । बलिउडमा त देह प्रदर्शनका कारण नै चर्चामा आएका अभिनेत्रीहरुको लिस्ट लामै हुन थालेको छ । त्यसो त बलिउड कै स्तरमा नेपाली चलचित्रमा यौन दृश्य नसमेटिएकाले पनि नेपाली दर्शक हिन्दी चलचित्र बढि हेर्ने कुरा चलचित्र विश्लेषक तथा कलाकार स्वयंले बताएका छन् ।
नायिका तथा मोडल पुजाना प्रधान नेपाली चलचित्रमा प्रसस्त यौन दृश्य नभएका कारण पनि नेपाली दर्शकले हिन्दी चलचित्र बढि हेर्ने बताउँछिन् । 'बलिउडको स्तरमा नेपाली चलचित्रमा पनि ग्ल्यामर्स नहुने हो भने नेपाली दर्शकले नेपाली चलचित्र हेर्न छाड्ने छन्' हिरो र देशद्रोही चलचित्रकी नायिका प्रधानले भनिन् ।
नेपालमा पनि यदाकदा गर्भपतनको चर्चा नचलेको होइन । कानुनी मान्यताका कुरा पनि बेलाबखत बहशको विषय बन्दै आएको छ । मोडल सरिता महर्जन भने कानुनी गर्भपतनका पक्षपाती हुन् । गर्भपतनलाई पनि कानुनी मान्यता दिनु परने उनको भनाई छ । 'बलात्कारका कारण कसैको पेटमा गर्भ रहन सक्छ त्यस्तो अवस्थामा त्यो महिलाले गर्भपतन गर्न पाउनु पर्छ' सरिताले खुलस्त भनिन् । मिस्टर एण्ड मिस ललितपुरमा फस्र्ट रनर अप बन्न सफल सरिता सेक्सलाई भने नकारात्मक रुपमा लिन नहुने बताउँछिन् । उनले भनिन् 'सेक्स नौलो होइन, सवैले बुझेका छन् तर विवाह पछिको सेक्स राम्रो हो ।'
गर्भ पतन मात्र नभई वेश्यावृत्तिमा लाग्नु महिलाको रहर नभई कर भएको पनि उनीहरुको ठम्याई छ । विगत एक वर्ष देखि मोडलिङमा सक्रृय निशा श्रेष्ठ रोजगारको अभावमा वेश्यावृत्ति गर्नु महिलाको बाध्यता भएको बताउँछिन् । यद्यपि उनीहरुलाई पनि गलत नजरले हेर्ने प्रवृत्ति उनलाई मन परेको छैन । उनी भन्छिन् 'अव कि त बेश्यावृत्तिलाई पनि कानुनि मान्यता दिनु पर्छ कि त रोजगार । नत्र यो समस्या कहिले हट्ने छैन ।'
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment