
नाम- रितिमा श्रेष्ठ
उचाई- ५' ५''
उमेर- २३ वर्ष
शारीरिक बनावट- ३२-२५-३४
शिक्षा- वि.वि.एस.
..............०.................०................
चलचित्रवृत्त उनलाई नौटंकी जस्तो लाग्छ । रोजाइ त उनको मोडलिङ नै हो । केही चलचित्र र टेलिसिरियलमा अफर पनि नआएको होइन रितिमालाइ । 'तर, चलचित्र खेल्न राम्रो लागेन'- रितिमाको कथन छ । 'प्लस टु' को अध्ययन सकिएपछि धरानबाट स्नातक अध्ययनका लागि मोडल रितिमा श्रेष्ठ काठमाण्डौ आएकी हुन् ।
दि र्याम्पबाट मोडलिङ प्रशिक्षण लिएकी रितिमाले 'लुक्स अफ दि इयर'मा फस्र्ट रनर अप, स्टार मेगा मोडल कन्टेस्टमा फस्र्ट रनर अप लगायत थुप्रै फेशन शोमा उल्लेख्य उपस्थिती जनाइसकेकी छिन् ।
मोडलिङमा देह प्रदर्शनमात्र होइन, प्रतिभा प्रस्तुत गर्ने मौका पनि प्राप्त हुने उनको अनुभव छ । तर, नराम्रा पक्ष भने नभएको होइन । पैसा भन्दा पनि मान्छेले चिनुन् भन्ने चाहना प्रवल छ उनमा । खर्च बढि हुने यो परिवृत्तमा कतिपय पैसाका लागि कुनै पनि प्रकारको मानसिक, शारिरीक सम्झौता गर्ने उनले पनि बुझेकी छिन् ।
मोडलमा समाहित हुनेहरु 'बोल्ड' हुनु उनी नौलो मान्दिनन् । 'ग्ल्यामर्सको क्षेत्र हो यो । फेशनेवल बन्नु र कम लज्जावोध हुनु स्वभाविक नै हो'- रितिमाको कथन छ ।
अखिल नेपाल महिला संघ 'क्रान्तिकारी'ले मोडलिङ र सुन्दरी प्रतियोगिताको किन विरोध गरेका हुन् बुझेकी छैनन् उनले । 'नारी अस्मिताको दुरुपयोग त अन्य धेरै ठाउँमा भएको छ नि । खुलेआम गरिएको सुन्दरी प्रतियोगितामा प्रतिभा पनि प्रस्तुत गर्ने अवसर पाउन सकिन्छ, हैन र ?' -उनले प्रतिप्रश्न गरिन् ।
हिजो आज मोडल रितिमा च्याउ सरी बनिरहेका गीतका म्युजिक भिडियोहरुमा व्यस्त रहेकी छिन् ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment