
जन्म र बाल्यवस्था
गायिका प्राश्ना शाक्यको जन्म वि.सं. २०३८ साल वैशाख १४ गते धरानको चतरालाइनमा भएको रे । बुबा विनोद र आमा सुमित्रा शाक्यको तीन सन्तानमध्ये जेठी छोरीकी रुपमा उनी पदार्पण यस धर्तीमा भएकी हुन् । 'तर, मेरो बाल्यवस्था मामाघरमा बित्यो । बाजे र बज्यूको स्नेहतामा मेरो वय फले फुलेको हो' प्राश्नाको कथन छ । उनी बाजे बज्यैको नातिनीभन्दा प्यारी छोरीको रुपमा हर्ुर्किएकी हुन् मावलघरमा ।
सानोमा उनी निकै बद्मास भएको बताईन् । नटखटे र पुल्पुलिएको थिइन् रे । उनलाई पढ्न भने मनै लाग्दैन थियो । रुख चढ्नमा त म माहिर नै थिइन् प्राश्ना । 'एकपल्ट कटहर चोरेर आमालाई दिएँ । 'यो त चोर्नी हुने भई' भनेर आमाले बेस्सरी पिट्नुभयो । अर्कोपटक सिरानीमा राखेको दर्ुइ रुपैयाँमा मेरो नजर पर्यो । सुटुक्क झिकें र फुपूसँग मिलेर मिर्ठाई किनेर खाएँ । फेरि म आमाबाट नमीठोसँग कुटिएँ । साङ्ला भएको कोठामा थुनिदिन्छु भनेपछि म बेस्सरी कहालिएँ । यी दर्ुइ घटना मेरा मानसपटलबाट मेटिएका छैनन्' उनले बताईन् ।
स्कुले जीवन उनको निकै रमाइलोसँग बितेको थियो । जल्जला शिशु सदनबाट प्रारम्भ उनको स्कुलयात्रा जीवन ज्योति, विजयपुर हुँदै सेन्ट्रल बोर्डिङ स्कुलबाट प्रवेशिका उत्तर्ीण्ा गरिन् । उनले भनिन् 'यसबीचमा म कतिपल्ट 'गुल्टिएँ' मलाई थाहा छैन ।'
सांगीतिक यात्रा
पढ्नमा गायिका प्राश्नलाई कहिले जाँगर चलेन । परीक्षाको समयमा बज्युले ममीको घरमा पठाइदिइन् प्राश्नलाई । तर, त्यहाँ पनि उनलाई पढ्न मन लागेन । एक दिनअनायासै बहिनीसँगै प्राश्नाले गीत गाउन थालिन् । अर्को कोठाबाट उनको ड्याडीको आवाज आयो 'तिमीहरु क्यासेट नवजाउ त - फेरि बाबुको आवाजलाई बेवास्ता गर्दै उनीहरुले गाइरहे । उनको बुबा जहिले पनि चप्पलले पिट्नुहुन्थ्यो रे । सात नम्वरको चप्पल भनेपछि अहिले पनि जिउ सिरिङ्ग हुन्छ भन्छिन् प्राश्ना । 'बुबा पिट्न भनेर आउनुभयो । तर, उहाँ ढोकामै उभिएर हामीले गीत गाएको सुनिरहनुभयो । उहाँलाई प्रभाव परेको हुनर्ुपर्छ । पछि घरमा जो आए पनि मेरा छोरीहरु एकदम राम्रो गाउँछन्' भनेर ड्याडीले अरुका अगाडि प्रशंसा गर्नुहुन्थ्यो' गायिका प्राश्नाले भनिन् ।
धरानको म्युजिक मिडियाले उनको सांगीतिक यात्रामा अहम् भूमिका निर्वांह गरेको छ । वि.सं. २०५४ सालमा पहिलो गीति संग्रह 'हाई हेल्लो' पस्कन उनी सक्षम बनिन् । यस्तैमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा छैटौं स्थान ओगट्न पनि गायिका प्राश्ना सफल भइन् । ०५७ सालमा रेडियो नेपालको स्वर परीक्षामा उनलाई सफलता हात लाग्यो । टेलिभिजनको कार्यक्रम 'त्रि्रो सुर मेरो संगीत'मा उनी प्रथम भइन् । 'आवाज' गीति संग्रह प्रस्तुत हुनुभन्दा पहिले नै हिट्स एफ.एम. म्युजिक अवार्डमा पुरस्कृत हुँदा खुसीको सीमा रहेन् उनको । 'चलचित्र 'फेरि अर्को साइनो'बाट मेरो पार्श्वगायन प्रारम्भ भयो । र्'कर्तव्य, सन्तान, मेरी आमा, 'बगर' चलचित्रमा पार्श्व स्वर भरेकी छु' गायिका प्राश्नाले जानकारी गर्राईन् ।
गायिकाहरुका सवालमा
संर्घष्ाका पाटाहरु हरेक क्षेत्रमा नै विद्यमान रहेको उनले बुझेकी छिन् । उनका अनुसार नेपाली सांगीतिक परिवृत्तमा गायिकाहरुको उपस्थिति उल्लेख्य बढिरहेको छ । पर्याप्त प्रशिक्ष्ँण लिएर आएको खण्डमा सफलता प्राप्त गर्न असम्भव छैन । तर, निरन्तरता महँवपर्ूण्ा रहेको अनुभव उनले गरिरहेकी छिन् । सञ्चार-माध्यमको सपोर्ट पनि अपरिहार्य रहने उनले बताईन् । गायिकाहरुले पुरुषजस्तो स्वतन्त्रताको भोग गर्न नपाउने उनको कथन छ । 'सामाजिक संरचना र संस्कारको घेरा फराकिलो अझै भइसकेको छैन, महिलाको निम्ति' प्राश्नाले भनिन् ।
आत्ममूल्यांकनमा प्राश्ना
म अलि मुडी खालको मान्छे हुँ । तर, कोमल हृदय छ मभित्र । अलि अल्छी पनि छु । साथै, जाँगर चलेका बेलामा निरन्तर काममा लागिरहन्छु । परिवारसँगै बस्नुको अलावा कहिलेकाहीँ घुम्न मन पनि पराउँछु । यदाकदा एकान्तमा मधुर संगीत सुनेर एकोहोरिन मन पर्छ ।
प्रेम र विवाह
भगवान्ले नर र नारी बनायो । एक-अर्काबिना दुवै अधुरो छ । साथीको आवश्यकता सुखदुःखमा अवश्यम्भावी छ । वास्तवमा 'सेक्यर्ुड फिल' हुन्छ । 'मेरो पनि कोही त छ भन्ने आभास, निकै अनमोल हुन्छ जस्तो, मलाई लाग्छ' गायिका प्राश्नाले भनिन् ।
उनलाई प्रेमपछिको मागिविवाह प्रिय लाग्छ रे । तर, अझै एक-दर्ुइ वर्षपढाइ र संगीतमै समर्पित हुने उनको सोच छ । 'समझदार र सिन्सियर केटा नै मेरो 'राजकुमार' हुनेछ । तर, पर्सनालिटी पनि हुनर्ैपर्छ । यस्तो राजकुमारको खोजी अझै सकिएको छैन' उनले भनिन् ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment