
राजधानीमामात्र मोडलिङ प्रशिक्षण प्रदान गर्ने थुप्रै मोडलिङ एजेन्सी खुलेका छन् । यो क्रम मोफसलमा पनि निकै बढेर गएको छ । देशको यो विकराल अवस्थामा पनि यूवाहरुको मोडलिङ प्रतिको मोह घटेको छैन । यद्यपि मोडलिङमा अझै पनि व्यवसायिकता भने आउन सकेको छैन । रहरमा वा लहडमा मोडलिङमा होमिनेहरुको कमी यहाँ छैन ।
अधिकांश मोडलहरुका पहिलो रोजाई भने म्युजिक भिडियो हुन थालेको छ । नेपाली गीतसंगीतको क्षेत्रमा म्युजिक भिडियोको अपरिहार्यतासँगै मोडलहरुका माग पनि त्यतिकै बढेको हो । त्यसो त कथानक चलचित्रका स्थापित कलाकारहरु पनि म्युजिक भिडियोमा देखिन थालेका छन् । आफ्ना गीत तथा संग्रहलाई प्रवर्द्धन तथा बजार व्यवस्थापनका लागि म्युजिक भिडियोको विकल्प हालसम्म देखिएको छैन ।
मोडल रमिला अधिकारीले थुप्रै म्युजिक भिडियोमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन् । उनको मोडलिङ पछि अर्को रोजाई पनि हो, म्युजिक भिडियो । गायक यश कुमारको गीत लगायत आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी रमिला म्युजिक भिडियोमा अभिनय गर्नु व्यवसायिक रुपले पनि राम्रो भएको बताउँछिन् । उनी भन्छिन् 'नाम र दाम त छदैछ, कलाकारितामा लागेर केही गर्ने सोच बनाएकाहरुका लागि म्युजिक भिडियो गतिलो मञ्च हुन सक्छ ।'
मोडल रमिलाको भनाई प्रति अर्कि मोडल रितिमा श्रेष्ठ पनि सहमत हुन्छिन् । दर्शकको मन मस्तिकमा छाइरहन म्युजिक भिडियो निकै सहायक हुने उनले ठानेकी छिन् । र्याम्प मोडलिङ र फेशन शोहरु अझै व्यवसायिक रुपमा अघि बढ्न नसकेकाले पनि म्युजिक भिडियोको कारण सभाईभ हुन सहज भएको उनले बताईन् । 'थोरै समय खर्चिएर राम्रो आम्दानी हुने भएकोले पनि यो पेशा सवैको रोजाई भएको हो' रितिमा भन्छिन् ।
बास्तवमा गायक गायिकाहरु आफ्नो गीतको भिजुअल बनाउन प्रायः उद्धत देखिन्छन् । त्यसो त आफ्नो म्युजिक भिडियोमा महिला मोडल प्रयोग गरि खुला पहिरन र 'सेक्सी' हावभाव प्रदान गर्न सके आप\mनो गीत चर्चित हुने मनसाय राख्छन् । सोही भएर पनि महिला मोडलहरुको माग बढ्दै गएको हो । पहिलो सुन्ने गीत अव हेर्ने प्रचलन बढिरहेकोले पनि यसको लोकपि्रयता एक्कासी झाँगिएको हो । चाडै लोकपि्रय र सेलिवि्रटी बन्ने होडमा कतिपय मोडलहरु जस्तो सुकै शर्त र विना पारिश्रमिक काम गर्न तयार हुनेहरुको कमि पनि यहाँ नभएको होइन ।
टेलिभिजनमा जस्तो सुकै सम्झौता गरेर भए पनि अनुहार देखाउने होडले भने मोडलिङमा व्यवसायिकता नआएको आरोप पनि व्यवसायिक मोडलहरुको छ । आधा दशक देखि मोडलिङ क्षेत्रमा सकृय कविता सुव्वा यसरी जस्तो पायो त्यस्तै म्युजिक भिडियोमा अनुहार देखाउने होडले बास्तविक मोडलहरु भने पछि परिरहेको जिकिर गर्छिन् । कविता भन्छिन् 'मोडलिङको मर्म विपरित कार्य मोडल भनाउदाहरुले नै गरिरहेका हुनाले यो पेशामा व्यवसायिकता नआएको हो ।'
नेपाली संचारको आकाशमा आधा दर्जन जति टेलिभिजनको प्रवेशसँगै गीतसंगीतको म्युजिक भिडियो निर्माणको गति अझ रफतारमा बढिरहेको छ । स्थापित नायक नायिकाहरु पनि यस्ता भिजुअलमा देखिन थालेका छन् । नायक भुवन के.सी, दिलिप रायमाझी, नायिका करिश्मा मानन्धर, मेलिना मानन्धर, कविता थपलिया, शिरु विष्ट, झरना बज्राचार्यले पनि म्युजिक भिडियोबाट राम्रै प्रंशसा बटुल्न सफल भइरहेका छन् । अधिकांश असफल नेपाली चलचित्रमा अभिनय गरेकी नायिका झरना बज्राचार्य भने अधिकांश गायक गायिका तथा भिडियो निर्माताको पहिलो रोजाई बन्न थालेकी छिन् । खुलेर अंग प्रदर्शन गर्नु र 'सेक्सी लुक्स'का कारण झरनाको क्रेज बढेको हो । आधा दर्जन जति नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेकी झरनाले एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । अनिल सिंह, कमालमान सिहं, नविन के. भट्टराई जस्ता चर्चित पप हस्तिहरुको गीतका म्युजिक भिडियोमा उनको प्रतिभा देख्न सकिन्छ ।
म्युजिक भिडियोको प्रचलन नेपालमा भित्रीएको धेरै भएको छैन । दुई दशक अघिदेखिमात्र म्युजिक भिडियो निर्माणको सुरुवात भएको पाइन्छ । नेपाल टेलिभिजनको स्थापनासँगै गीतलाई छायाँकन गरि दर्शकमाझ ल्याउने क्रम चलेको हो । त्यस वेला भने मोडलको प्रयोग गरिदैन थियो । गीतसंगीतसँगै यसैका प्रवर्द्धनमा पनि नयाँ आयाम देखा परेको हो । गीतको म्युजिक भिडियोमा मोडलहरुको प्रयोग गरि अझ दर्शकलाई तान्ने प्रयाशमा नै यो सफलता हात लागेको हो ।
तर, कतिपय गायक गायिका भने म्युजिक भिडियो निर्माणमा रोक लगाउनु पर्ने जिकिर गरिरहेका छन् । म्युजिक भिडियोको कारण दशर्कका ध्यान चित्रमा हुने भएकाले गीतको बास्तविक मर्म मर्ने उनीहरुको भनाई रहेको छ । बरिष्ठ गायक योगेश वैध भन्छन् 'गीतको भाव विपरित म्युजिक भिडियो तयार हुने भएकाले पनि गीतको बास्तविकता मर्दै जान थालेको हो । कुनै समय पछि गीतसंगीतमा नै श्रोताको वितृष्णा पैदा हुन सक्छ ।'गीतको भावलाई बुझेर भिडियो निर्माण गरियो भने दर्शक तथा श्रोताको मन सजिलै जित्न सक्छ । तर, गीत जस्तो सुकै भए पनि अनुहार र शरिर देखाउने होडले भने विकृती सिवाय केहि ल्याउदैन । सिर्जनशिल म्युजिक भिडियोहरु त आजको माग नै भएको स्विकार्न करै लाग्छ । नायिका तथा मोडल कविता थपलिया पनि म्युजिक भिडियो आजको माग भए पनि सिर्जनशिलतालाई जोड दिनु पर्ने बताउँछिन् । उनी भन्छिन् 'म्युजिक भिडियो आम मोडल तथा कलाकारको पहिलो रोजाई हो, यद्यपि सिर्जनशिलतालाई विर्सनु भने हुदैन।'
Bisham Thakuri
dearbisham@hotmail.com
2 comments:
good work yaar... i like your article and much photo....so sexy yar
ooffff sexy pix....
Post a Comment