
सांगीतिक परिवृत्तमा डिजिटल प्रविधीको प्रवेशसँगै वास्तविक संगीतको गला घोट्ने काम बढि रहेको छ । थुप्रै प्रतिभाशाली संगीतसाधक ओझेल पर्दै गएका छन् । रोजगारीका अवसर पनि गुम्दै गइरहेको छ । एक समय थियो, थुप्रै बाद्यबाधक र संगीतकर्मीको भिडमा प्रत्यक्ष रेकर्डिङका प्रचलन थिए । अव ति दिन इतिहास हुन थालिसकेको छ । यो समस्या डिजिटल प्रविधीको प्रवेश पछि कतिपय संगीतकार र संगीत संयोजकले ओर्जिनल अर्केस्टाको प्रयोग नै गर्न छाडे पछि देखिएको हो ।
विगत नौ वर्ष देखि रेडियो नेपालमा सहायक बाद्यबाधकका रुपमा कार्यरत दीपेन्द्र गुरुङ यो प्रवृत्तिले दिगो समस्या ल्याउने बताउनुहुन्छ । 'सहज र सर्वसुलभ भएपनि डिजिटल प्रविधीमा ओर्जिनल संगीतको स्वाद हुदैन' मेण्डोलिन बाधक गुरुङले बताए ।
नेपालमा डिजिटल रेकर्डिङ प्रविधीको प्रवेश धेरै भएको छैन । यद्यपि यो प्रविधीले आम संगीतकार र गायकगायिकाको मन छुन सके पनि श्रोताकेा मन जित्न भने सकेको छैन । तर, विस्तारै संगीतकार तथा संगीत संयोजकले डिजिटल प्रविधीमै पनि केही बाजाहरु भने अर्केष्टिक रुपमा प्रयोग गर्न थालीसकेका छन् । संगीत संयोजक प्रविण बराइली स्थापीत गायक गायिकाले ओर्जिनल बाजाको प्रयोगको माग गर्न थालीसकेको बताउँछन् । 'लाइभ रेकर्डिङमा थुप्रै बाद्यबाधकको आवश्यक्ता पर्दछ, जम्मा गर्न समय लाग्ने र एउटाले विगारे सवैले पुनः बजाउनु पर्ने झन्झट हुन सक्छ । तर, डिजिटल प्रविधीमा एकजना संगीत संयोजकले नै सम्पुर्ण काम सिक्वेन्सरको सहायताले गर्न सक्छ' बराइली भन्छन् -'सुविधा धेरै छ डिजिटल प्रविधीमा तर गुणस्तर चाहे जस्तो नहुने कुरा पक्कै हो ।'
सिक्वेन्सर अर्थात किवोर्डको सहायताले ड्रम, गितार, बाँसुरी, तवला लगायत सम्पुर्ण बाजाको प्रयोग गर्न सम्भव हुन्छ । बाजा अनुरुप बाद्यबाधक नचाहिनुका साथै सस्तो र छोटो समयमा संगीत संयोजन गर्न सम्भव हुने भएकोले नै नवगायक गायिका यस प्रविधीप्रति आकषिर्त भएको पाइन्छ । अर्का एरेन्जर -संगीत संयोजक) भुपेन्द्र बज्राचार्य गायकगायिकाका सोच र चाहना अनुरुपनै संगीत संयोजन गरिने बताउँछन् । 'टिपीकल बाजाहरु त अर्केष्टिक नै प्रयोग गर्ने प्रचलन अधावधि छदैछ । महङ्गो हुने भएकाले कोही गायकगायिकानै किवोर्डको प्रयोग गर्न अनुरोध गर्छन्' भुपेन्द्र भन्छन् । त्यसो त क्वालिटी भन्दा क्वान्टिटी खोज्ने प्रवृत्ति बढ्दै जानाले डिजिटल प्रविधी लोकपि्रय भएको स्वीकार्छन् बाद्यबाधकहरु पनि ।
राजधानीमा मात्र कति स्टुडियो सञ्चालनमा छन्, यकिनसाथ भन्न सकिन्न । तर, रेडियो नेपालमा बाहेक अन्य स्टुडियोमा एनालग वा मोनो प्रविधीका लागि उपयुक्त स्टुडियो छैनन् । रेडियो नेपालमा २० देखि २५ जनासम्म बाध्यबाधक करार सेवामा र स्थायी सेवामा कार्यरत छन् । ड्रम, भ्वाइलिन, चेलो, पियानो एकोडेन, पियानो, सेक्सोफोन जस्ता कतिपय बाजाहरुको प्रयोग न्युन हुदै गएका छन् । आवाश्यकिय अनुसार किवोर्ड बाटै प्रयोग गरिदै आएका कारण यस्ता बाजा प्रति नयाँ पुस्ता पनि बेखवर बन्दै गइरहेको आभास पाइन्छ । रोजगार र प्रयोगहिन बन्दै जान थाले पछि नयाँ पुस्ता नयाँ प्रविधीमा आकषिर्त हुनु नौलो होइन । तर, यही समस्या रहे यस्ता बाजाका बाद्यबाधक पछि नपाइने र विदेशीमा भर पर्नु पर्ने बाध्यता आउन सक्ने औल्याउछन् गायक तथा संगीतकार दीपेन्द्र गुरुङ । 'यो अर्केस्टिक प्रथा नै हराएर जान्छ कि भन्ने डर लाग्छ' उनले भने ।
डिजिटल प्रविधीले संगीतकारहरु पनि अल्छि बन्दै गएको जिकिर छ, अर्का बाँसुरी बाधक भरत कँडेलको । लाइभ रेकर्डिङमा एकाग्र भएर बाद्य बाधन गर्नु पर्ने हुन्छ तर डिजिटल प्रविधीमा विगि्रए पनि दोहोर्याएर गर्ने बानी नै बस्छ'- भरतले भने ।
कतिपय ब्यवसायिक बाद्यबाधकले यस्ता डिजिटल प्रविधीमा पनि अर्केस्टिक प्रयोगका निम्ती थुप्रै अवसर नपाएका भने होइन । 'टेक'को आधारमा पारिश्रमिक पाइने भएकाले पनि यस्ता प्रविधीमा कतिपय बाद्यबाधकले अस्तित्व जोगाउन सकेका छन् । बाँसुरी, सारङ्गी, मादल, तवलाका बाधकहरुले थुप्रै अवसर पाइरहेका छन् । तर, बाद्यबाधनमा श्रेणी विभाजन नभएका कारण निश्चित पारिश्रमिकमा समस्या भइरहेको स्वयं बाद्यबाधकहरुले जनाएका छन् । संगीतकार बन्ने प्रणाली नै राम्रो बन्न सकेको छैन । 'प्रमाण पत्रका आधारमा संगीतकार हुने हो वा राम्रो बाधक भएअनुसार' भन्ने अन्यौलता अझै कायम नै छ । सरकारी उदासिनताले पनि यो समस्या जटिल बन्दै गएको एक संगीतकर्मी बताउँछन् । डिजिटल र मोनो प्रविधीलाई साथै मिलाएर लैजानु पर्ने भनाई उनको छ । कतिपय बाद्यबाधकहरु रेकर्डिङ नभएको अवसरमा रेस्टुराँ र 'बार'हरुमा बाद्यबाधन गर्न विवस छन् । रेकर्डिङका क्रममा बाद्यबाधकले एक 'टेक'का निम्ती तीनसय देखि पाँच सय रुपैयासम्म पारिश्रमिक पाउने गरेका छन् । लाइभ स्टेज कार्यक्रममा भने दुईहजार देखि पाँचहजार सम्म पारिश्रमिक लिने गरेको बताउँछन् उनीहरु ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment