Sunday, July 16, 2006

मेरो मन धेरै रोएको छ... सिने गुरुङ

विषम ठकुरी
'यो मन' नामक पहिलो गीति संग्रहका साथमा देखा पर्नु भएको हो गायिका सिने गुरुङ । उहाँका बुबा कलि कार्थक गुरुङ पनि संगीतकार हुनु भएकाले घरमा सांगीतिक वातावरण थियो । यसैको प्रभावले गायिका सिनेलाई सानै देखि संगीतको सोख बस्यो । सन् २००० देखि उहाँ पि्रज्मा व्याण्डमा सम्मिलित भएर सांग्रीला, सोल्टी, हायात, अन्नपुर्ण लगायतका पाँच तारे होटलमा गीत गाउन प्रारम्भ गर्नु भयो । हाल उहाँ द्धारिकाज होटलमा गीत गाउन व्यस्त हुनु हुन्छ । तर, संगीतमा पदार्पण पछिको लामो समय अर्थात सन् २००५ मा मात्र उहाँको पहिलो एल्वम बजारमा आएको थियो । दोस्रो एल्वमका लागि व्यस्त गायिका सिने गुरुङ ग्यालेक्सि पव्लिक स्कुलमा शिक्षिकाको रुपमा पनि कार्यरत हुनु हुन्छ । उनै गायिका सिने गुरुङसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।
0 हाल केमा व्यस्त हुनु हुन्छ ?
- मेरो पहिलो एल्वम 'मेरो मन'मा संग्रहित शिर्ष गीतको म्युजिक भिडियो बनाउने तरखर गरिरहेकी छु । साथै दोस्रो एल्वमको तयारी पनि चलिरहेको छ । ग्यालेक्सी पव्लिक स्कुलमा पढाउने क्रम त निरन्तर नै छ ।
0 आम श्रोता दर्शकले तर्पाको दोस्रो संग्रह कहिले सुन्न पाउलान् ?
- एल्वमको लागि चार वटा गीत तयार भइसक्यो तर एरेन्जमेन्ट बाँकी छ ।
0 कस्ता गीत संगीत रहने छन् नि ?
- मेरो पहिलो एल्वमकै प्यार्टनलाई फलो गरेकी छु । त्यस्तै पप, रक अनि सेन्टिमेन्टल गीतहरु नै हुन्छ । तर, मलाई एक्सपेरिमेन्टल र एव्स्ट्रयाक्ट खालको म्युजिक मन पर्छ । त्यसैले फंक रक, ब्ल्यूज गीतहरु पनि समावेश गर्छु ।
0 तपाईका गीतसंगीतहरु पाश्चात्य शैलिमा बडि आधारित हुनका कारणहरु केही छन् कि ?
- म पाश्चात्य गायक गायिकाबाट नै बडि प्रभावित भएकी हुँ । मलाई डिप पर्पल, पिन्क फ्लोइड, निकोल ब्याक, विटल्सका गीतहरु विशेष मन पर्छ । त्यसैको प्रभाव पनि हुनसक्छ । तर, नेपाली गायक गायिकाहरु स्वर किन्नरी अरुणा लामा, स्व अरुण थापा, मीरा राणा, दीप श्रेष्ठ, स्वर सम्राट नारायण गोपालहरु मन पर्छ ।
0 पहिलो एल्वममा तपाई आफ्नै शव्द र संगीत समावेश थिए । दोस्रो एल्वममा केही फरक गर्दै हुनु हुन्छ कि ?
- सम्भवतः मेरा आफ्नै शब्द संगीत नै रहन्छ होला । तर, अरुका पनि राम्रा शव्द सिर्जना पाएको खण्डमा प्रयोग गर्न सक्छु ।
0 पहिलो एल्वमबाट यथेष्ट सफलता प्राप्त गर्नु भयो । यो सफलताको पछिको रहस्य चाँही केही थियो कि ?
- १० वर्ष देखिको मेरो मेहनत थियो । गीत बनाउदै, राख्दै गर्दै थिएँ । र, मलाई सफलता पाउछु भन्ने विश्वास थियो तर भित्र डर पनि लागिरहेको थियो । जेहोस् राम्रो रेस्पोन्स् पाएँ । सवैले मन पराई दिनु भएको छ । साथै इमेज अवार्ड र कालिका एफ एम अवार्डमा उत्कृष्ट गायिकाको उपाधि पाउन सफल भएँ । लाग्छ, केही हदसम्म सफल भएँ ।
0 केही अवार्डबाट सम्मानित बन्नु भयो । अवका चुनौति कस्तो देख्नु भएको छ ?
- अव चाँही धेरैले चिने । इनकरेज पनि भएकी छु । अझ क्वालिटी म्युजिक दिने सोंच छ । र, चुनौति त्यहि हो, थप रेस्पोन्सिविलीटी बढेको महसुस भएको छ ।
0 जति गायिकाको रुपमा लोकपि्रयता पाउनु भयो, त्यहि अनुरुप तपाईको एल्वमले व्यवसायिक सफलता हाशिल गर्न सकेन नि ?
- विक्रिको हिसावले कम नै भयो । तर, म नयाँ कलाकार थिएँ । त्यति चर्चित थिइन । म्युजिक कम्पनी ओपल इन्टरनेशनलले त्यति राम्रो सेलिङ नभएको बताईरहेको छ । त्यहि भएर दोस्रो म्युजिक भिडियो आफ्नै लगानिमा बनाउदैछु । यस्ता कुरा चाँही अलि मन दुख्ने कुरा छ ।
0 नेपालमा महिला कलाकारका एल्वमको मिडियामा चर्चित भए पनि व्यवसायिक रुपले सफल मानिन्न नि ? किन होला ?
- हैन । विस्तारै फिमेल कलाकारका एल्वम पनि राम्रो हुदैछ । आनि छोइङ डोल्मा, रिजा उप्रेती, प्राश्ना शाक्य, बृन्दा सिंह, अभया सुव्वाको राम्रो भइरहेको मैले बुझेकी छु । अव महिला कलाकार पनि समानतामा आईसक्यो । अझ संख्या बढ्नु पर्छ ।
0 कुन र कस्ता कुराले संगीत सिर्जनामा अभिप्रेरित गर्छ तपाईलाई ?
- जिन्दगीमा घटिरहने कतिपय घटनाहरुनै हो मलाई प्रेरणा दिने । मेरी आमाको निधन भए पछि कसैले केही भन्दा पनि मन दुख्थ्यो । मलाई अरुले हेपेको जस्तो फिल हुन्थ्यो । त्यसैले आमाको सम्झनामा 'मन' गीत बनाएको हो । इराक काण्डमा १२ जना नेपालीको हत्या हुँदा देश भड्किएको थियो । तर, त्यो बेला म भने कोठामा बसेर गीत बनाई रहेकी थिए 'विश्वमा शान्ति....' । त्यस्तै 'के को माला... बोलको मारुनी गीत विदेशमा बस्ने नेपालीहरुका लागि तयार गरेकी हुँ । भनुँ न, कुनै मानवीय कुराले छोयो भने गीत तयार गर्न मलाई कत्ति बेर लाग्दैन । त्यसैले प्रायः मेरा गीतहरु सेन्टिेमन्टल छन् ।
0 धेरै नेपाली महिला कलाकारहरु अरुका संगीत सिर्जनामा निर्भर हुने गर्छन् । तर, तपाई आफै गर्नु हुन्छ । तपाई गीत संगीत कसरी तयार गर्नु हुन्छ नि ?
- मेरो सानै देखि डायरी लेख्ने बानी थियो । मनमा जे कुराले छोए पनि म डायरीमा लेख्छु । त्यहिबाट मेरो शव्द लेख्ने बानी बस्यो । तर, संगीत सिर्जना गर्दा भने स्वतस्फुर्त आउँछ । कहिले त सपनामा पनि कति राम्रो संगीत सिर्जना गर्छु । तर, धेरै जसो चाँही विर्सन्छु । अनि अरु बेला भने रेडियो टिभि सवै बन्द हुन्छ । सुन्य कोठामा बसेर सिर्जनामा मग्न हुन्छु । तर, बाजा बजाएर संगीत सिर्जना गरेकी छैन ।
0 नेपाली संगीतमा आफनो उपश्थिती जनाउन के कस्ता संघर्ष गर्नु पर्यो ?
- धेरै संघर्ष गर्नु पर्यो । सुरु सुरुमा दौडधुप निकै भयो । कतिपय इभेन्ट्सहरुमा 'मलाई पनि मौका दिनुस्न' भनेर मुखै खोल्नु पथ्र्यो । एल्वमको प्रोमोशनको लागि पनि कहिले मिडिया, कहिले कम्पनी, कहिले कहाँ धाउनु पर्यो ।
0 गायिकाका निम्ती कत्तिको सहज वातावरण पाउनु भयो नेपाली संगीतमा ?
- गायिकाहरुका निम्ती त निकै गार्‍हो छ । समय निकाल्न नै मुश्किल हुन्छ । ममात्र हैन अरुले पनि धेरै संघर्ष गरिरहेको पाएको छु ।
0 पहिलेको सिने गुरुङ र अहिलेको चर्चित सिने गुरुङमा के अन्तर रह्यो त अव ?
- पहिले त चिन्दैन थिए र ग्यालेक्सि पव्लिक स्कुलको एक शिक्षिकामात्र थिएँ । अहिले नाम पाएको छु । श्रोता दर्शकले माया दिनु भयो । बाटोमा हिड्दा पनि मान्छेहरुले मलाई 'नोटिश' गर्न थालेका छन् ।
0 यति धेरै संघर्षका बावजुद संगीतमा लोकपि्रयता पाउनु भएको छ । तर, नेपाली संगीतमा 'स्कोप' चाँही कस्तो देखिरहनु भएको छ ?
- विस्तारै कम्पनीहरुले बोलाउन थालेका छन्, केही समय अघि कान्तिपुर टेलिभिजनको कार्यक्रम 'हाउसफुल'मा पाश्र्व गीत गाएको थिएँ । अव चाँही केही राम्रो होला जस्तो अनुभूत भएको छ । पाश्चात्य शैलीका भए पनि नेपाली गीत संगीत भएकाले पप, रक, आर एण्ड वि जस्ताहरु गीतहरुले राम्रो स्थान पाउन थालेको छ । अव नेपाली संगीतको स्कोप पनि राम्रो भएको महसुस भएको छ । त्यसो त हाम्रो गीतहरु पनि एमटिभी, भि च्यानलबाट पनि बजोस् भन्ने चाहना छ ।
0 धेरै होटलहरुमा गीत गाएर आफ्नो सांगीतिक यात्रा तय गर्नु भयो । होटलमा गीत गाउदा कत्तिको मिस विहेव सहनु प्रयो ?
- मैले प्रायः ५ स्टार होटलमा नै गीत गाए । अहिले पनि गाइरहेकी छु । तर, मलाई त्यस्तो मिस विहेव गरेको अनुभव छैन । किनकी नेपालीहरुले गायक गायिकाहरुलाई धेरै सम्मान गर्नु भएको पाएकी छु । र, ५ स्टार होटलमा प्रायः डिसेन्ट फ्यामिलीहरु नै आउने भएकाले त्यस्तो मिस विहेव नै हुदैन ।
0 तपाई त विवाहित पनि हुनु हुन्छ । घरमा समय कत्तिको दिनुहुन्छ नि ?
- मेरो श्रीमान् राजेश श्रेष्ठ पनि 'एक्स मन्त्र' व्याण्डमा संलग्न हुनुहुन्छ । उहाँ पनि म्युजिकमै रमिरहनु भएकोले मलाई धेरै सर्पोट मिलिरहेको छ । कहिं मिटिङ वा अन्तर्वार्ताका लागि उहाँ पनि सँगै गइदिनु हुन्छ । तर, घरमा पनि समय दिइरहेकी छु ।
0 फुर्सदका समय कसरी व्यतित गर्नु हुन्छ नि ?
- मीठो खाने कुरा पकाएर अरुलाई खुवाउनु मन पर्छ । गार्डनिङमा पनि सोख छ । तर, प्रायः म व्यस्त नै रहन्छु ।
0 भविष्यका योजना चाँही के कस्ता छन् नि तपाईका ?
- मेरो आमाको दिदीले बृद्ध आश्रम संचालन गर्नु भएको थियो । मलाई पनि समाजसेवामा इच्छा भएकाले पछि त्यस्तै आश्रम खोल्ने योजना छ ।
0 अरुले थाहा नपाएका तर सिने गुरुङको विशेष कुराहरु केहि छन् कि ?
- म केही सेन्सिटिभ छु । मलाई लो प्रोफाइलमा नै रम्न मन पर्छ । र, म सवै भगवानलाई मान्छु । मन्दिर, चर्च, मस्जिद म जहाँ पनि जान्छु र उत्तिकै समान आश्था छ । कठिन परिश्रममा विश्वास गर्छु । मलाई यस्तो लाग्छ कि गड हेल्पस् दोज हु हेल्प देमसेल्फ ।
Bisham Thakuri
dearbisham@hotmail.com

No comments:

ICICI Bank

ICICI Bank is India's second-largest bank with total assets of Rs. 3,446.58 billion (US$ 79 billion) at March 31, 2007 and profit after tax of Rs. 31.10 billion for fiscal 2007. ICICI Bank is the most valuable bank in India in terms of market capitalization and is ranked third amongst all the companies listed on the Indian stock exchanges in terms of free float market capitalisation*. The Bank has a network of about 950 branches and 3,300 ATMs in India and presence in 17 countries. ICICI Bank offers a wide range of banking products and financial services to corporate and retail customers through a variety of delivery channels and through its specialised subsidiaries and affiliates in the areas of investment banking, life and non-life insurance, venture capital and asset management. The Bank currently has subsidiaries in the United Kingdom, Russia and Canada, branches in Singapore, Bahrain, Hong Kong, Sri Lanka and Dubai International Finance Centre and representative offices in the United States, United Arab Emirates, China, South Africa, Bangladesh, Thailand, Malaysia and Indonesia. Our UK subsidiary has established a branch in Belgium.
ICICI Bank's equity shares are listed in India on Bombay Stock Exchange and the National Stock Exchange of India Limited and its American Depositary Receipts (ADRs) are listed on the New York Stock Exchange (NYSE).