
विषम ठकुरी
यस्तो लाग्छ कि गायिका मौसमी गुरुङको सांगीतिक मौसम सुरु भएको छ । हिप हप होस् वा पप गीत, अधिकांश कलेक्शन एल्वमहरुमा उनको आवाजको माग दिन प्रतिदिन बढ्दै गएको छ । डिजे राजु रिमिक्स एल्वममा संग्रहित 'च्याङवा होइ च्याङवा.....गीतले उनको उचाई निकै बढाई दिएको छ । त्यसो गायक क्रान्ति आलेसँग नै युगल रुपमा गाएको 'म प्रेममा...., कान्छा हे कान्छा.....बोलको गीतले पनि सर्वोपरि चर्चा पाउन सफल रह्यो । अव त हरेक कलेक्शन एल्वममा उनको आवाज सजिन थालेकेा छ ।
पहिले सोख बाट नै करिअर सुरु गरेकी हुन उनले । गुनगुनाउनु उनको पहिलो सोख थियो । पछि यसैमा करिअर बन्दै गएको प्रतिभाशाली गायिका मौसमी गुरुङको ।
करिअरको रुपमा नै संगीतलाई अघि बढाउने उनले सोचेकी थिइनन् रे । तर, विस्तारै संगीतमै रम्ने उनको चाहना भने छदैछ ।
'अनफोर्गटेवल' नामक पहिलो गीति संग्रह लिएर देखा परेकी मौसमीले सवैबाट राम्रो प्रंशसा नै पाइन् । यो सकारात्मक रेस्पोन्स्ले उनमा थप हौसला थपिदिएको छ । नयाँ एल्वमका लागि उनी आफ्नो पुर्ण मेहनत खर्चिरहेकी छिन् । त्यसो त उनी विज्ञापनका जिंगलहरुमा स्वर दिन पनि निकै व्यस्त छिन् हिजो आज । करिवन दुई सय वटा जति जिंगलमा उनले आवाज दिइसकेकी छिन् । फेयर लभ्ली, राजहंस तेल, हात्तीछाप चप्पल, हर्लिक्स आदिको विज्ञापनमा उनको आवाज सुन्न सकिन्छ ।
उनले थुप्रै चर्चा बटुल्न सफल भइसकेकी छिन् । तर, उनी नेपाल भित्रीएको समय भने धेरै भएको छैन । भारतबाट चार वर्ष अघिमात्र उनी आफ्नो परिवारको साथमा नेपाल आएकी हुन् । विगत केही वर्ष देखि नै उनी गान्धर्व संगीत कलामन्दिरबाट शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेकी छिन् । त्यसो त संगीत साधकका अलवा काठमाण्डौं बौद्ध स्थित किड्स हट स्कूलकी शिक्षिका पनि हुन् उनी । आफनो कला यात्राले व्यवासायिक गारेटो नभेटिन्जेल शिक्षण पेशामा नै आवद्ध रहने उनको सोच छ ।
नेपाली सांगीतिक परिवृत्तमा अझै गतिलो उपश्थिती जनाउने मनसाय बनाएका गायिका मौसमी गुरुङले आगामी नयाँ गीति संग्रहले पनि उस्तै गरि माया र साथ पाउने कुरामा उनी ढुक्क छिन् ।
Bisham Thakuri
dearbisham@hotmail.com
No comments:
Post a Comment