विषम ठकुरी'यो मन' नामक पहिलो गीति संग्रहका साथमा देखा पर्नु भएको हो गायिका सिने गुरुङ । उहाँका बुबा कलि कार्थक गुरुङ पनि संगीतकार हुनु भएकाले घरमा सांगीतिक वातावरण थियो । यसैको प्रभावले गायिका सिनेलाई सानै देखि संगीतको सोख बस्यो । सन् २००० देखि उहाँ पि्रज्मा व्याण्डमा सम्मिलित भएर सांग्रीला, सोल्टी, हायात, अन्नपुर्ण लगायतका पाँच तारे होटलमा गीत गाउन प्रारम्भ गर्नु भयो । हाल उहाँ द्धारिकाज होटलमा गीत गाउन व्यस्त हुनु हुन्छ । तर, संगीतमा पदार्पण पछिको लामो समय अर्थात सन् २००५ मा मात्र उहाँको पहिलो एल्वम बजारमा आएको थियो । दोस्रो एल्वमका लागि व्यस्त गायिका सिने गुरुङ ग्यालेक्सि पव्लिक स्कुलमा शिक्षिकाको रुपमा पनि कार्यरत हुनु हुन्छ । उनै गायिका सिने गुरुङसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।
0 हाल केमा व्यस्त हुनु हुन्छ ?- मेरो पहिलो एल्वम 'मेरो मन'मा संग्रहित शिर्ष गीतको म्युजिक भिडियो बनाउने तरखर गरिरहेकी छु । साथै दोस्रो एल्वमको तयारी पनि चलिरहेको छ । ग्यालेक्सी पव्लिक स्कुलमा पढाउने क्रम त निरन्तर नै छ ।
0 आम श्रोता दर्शकले तर्पाको दोस्रो संग्रह कहिले सुन्न पाउलान् ?- एल्वमको लागि चार वटा गीत तयार भइसक्यो तर एरेन्जमेन्ट बाँकी छ ।
0 कस्ता गीत संगीत रहने छन् नि ?- मेरो पहिलो एल्वमकै प्यार्टनलाई फलो गरेकी छु । त्यस्तै पप, रक अनि सेन्टिमेन्टल गीतहरु नै हुन्छ । तर, मलाई एक्सपेरिमेन्टल र एव्स्ट्रयाक्ट खालको म्युजिक मन पर्छ । त्यसैले फंक रक, ब्ल्यूज गीतहरु पनि समावेश गर्छु ।
0 तपाईका गीतसंगीतहरु पाश्चात्य शैलिमा बडि आधारित हुनका कारणहरु केही छन् कि ?- म पाश्चात्य गायक गायिकाबाट नै बडि प्रभावित भएकी हुँ । मलाई डिप पर्पल, पिन्क फ्लोइड, निकोल ब्याक, विटल्सका गीतहरु विशेष मन पर्छ । त्यसैको प्रभाव पनि हुनसक्छ । तर, नेपाली गायक गायिकाहरु स्वर किन्नरी अरुणा लामा, स्व अरुण थापा, मीरा राणा, दीप श्रेष्ठ, स्वर सम्राट नारायण गोपालहरु मन पर्छ ।
0 पहिलो एल्वममा तपाई आफ्नै शव्द र संगीत समावेश थिए । दोस्रो एल्वममा केही फरक गर्दै हुनु हुन्छ कि ?
- सम्भवतः मेरा आफ्नै शब्द संगीत नै रहन्छ होला । तर, अरुका पनि राम्रा शव्द सिर्जना पाएको खण्डमा प्रयोग गर्न सक्छु ।
0 पहिलो एल्वमबाट यथेष्ट सफलता प्राप्त गर्नु भयो । यो सफलताको पछिको रहस्य चाँही केही थियो कि ?
- १० वर्ष देखिको मेरो मेहनत थियो । गीत बनाउदै, राख्दै गर्दै थिएँ । र, मलाई सफलता पाउछु भन्ने विश्वास थियो तर भित्र डर पनि लागिरहेको थियो । जेहोस् राम्रो रेस्पोन्स् पाएँ । सवैले मन पराई दिनु भएको छ । साथै इमेज अवार्ड र कालिका एफ एम अवार्डमा उत्कृष्ट गायिकाको उपाधि पाउन सफल भएँ । लाग्छ, केही हदसम्म सफल भएँ ।
0 केही अवार्डबाट सम्मानित बन्नु भयो । अवका चुनौति कस्तो देख्नु भएको छ ?- अव चाँही धेरैले चिने । इनकरेज पनि भएकी छु । अझ क्वालिटी म्युजिक दिने सोंच छ । र, चुनौति त्यहि हो, थप रेस्पोन्सिविलीटी बढेको महसुस भएको छ ।
0 जति गायिकाको रुपमा लोकपि्रयता पाउनु भयो, त्यहि अनुरुप तपाईको एल्वमले व्यवसायिक सफलता हाशिल गर्न सकेन नि ?
- विक्रिको हिसावले कम नै भयो । तर, म नयाँ कलाकार थिएँ । त्यति चर्चित थिइन । म्युजिक कम्पनी ओपल इन्टरनेशनलले त्यति राम्रो सेलिङ नभएको बताईरहेको छ । त्यहि भएर दोस्रो म्युजिक भिडियो आफ्नै लगानिमा बनाउदैछु । यस्ता कुरा चाँही अलि मन दुख्ने कुरा छ ।
0 नेपालमा महिला कलाकारका एल्वमको मिडियामा चर्चित भए पनि व्यवसायिक रुपले सफल मानिन्न नि ? किन होला ?- हैन । विस्तारै फिमेल कलाकारका एल्वम पनि राम्रो हुदैछ । आनि छोइङ डोल्मा, रिजा उप्रेती, प्राश्ना शाक्य, बृन्दा सिंह, अभया सुव्वाको राम्रो भइरहेको मैले बुझेकी छु । अव महिला कलाकार पनि समानतामा आईसक्यो । अझ संख्या बढ्नु पर्छ ।
0 कुन र कस्ता कुराले संगीत सिर्जनामा अभिप्रेरित गर्छ तपाईलाई ?- जिन्दगीमा घटिरहने कतिपय घटनाहरुनै हो मलाई प्रेरणा दिने । मेरी आमाको निधन भए पछि कसैले केही भन्दा पनि मन दुख्थ्यो । मलाई अरुले हेपेको जस्तो फिल हुन्थ्यो । त्यसैले आमाको सम्झनामा 'मन' गीत बनाएको हो । इराक काण्डमा १२ जना नेपालीको हत्या हुँदा देश भड्किएको थियो । तर, त्यो बेला म भने कोठामा बसेर गीत बनाई रहेकी थिए 'विश्वमा शान्ति....' । त्यस्तै 'के को माला... बोलको मारुनी गीत विदेशमा बस्ने नेपालीहरुका लागि तयार गरेकी हुँ । भनुँ न, कुनै मानवीय कुराले छोयो भने गीत तयार गर्न मलाई कत्ति बेर लाग्दैन । त्यसैले प्रायः मेरा गीतहरु सेन्टिेमन्टल छन् ।
0 धेरै नेपाली महिला कलाकारहरु अरुका संगीत सिर्जनामा निर्भर हुने गर्छन् । तर, तपाई आफै गर्नु हुन्छ । तपाई गीत संगीत कसरी तयार गर्नु हुन्छ नि ?- मेरो सानै देखि डायरी लेख्ने बानी थियो । मनमा जे कुराले छोए पनि म डायरीमा लेख्छु । त्यहिबाट मेरो शव्द लेख्ने बानी बस्यो । तर, संगीत सिर्जना गर्दा भने स्वतस्फुर्त आउँछ । कहिले त सपनामा पनि कति राम्रो संगीत सिर्जना गर्छु । तर, धेरै जसो चाँही विर्सन्छु । अनि अरु बेला भने रेडियो टिभि सवै बन्द हुन्छ । सुन्य कोठामा बसेर सिर्जनामा मग्न हुन्छु । तर, बाजा बजाएर संगीत सिर्जना गरेकी छैन ।
0 नेपाली संगीतमा आफनो उपश्थिती जनाउन के कस्ता संघर्ष गर्नु पर्यो ?- धेरै संघर्ष गर्नु पर्यो । सुरु सुरुमा दौडधुप निकै भयो । कतिपय इभेन्ट्सहरुमा 'मलाई पनि मौका दिनुस्न' भनेर मुखै खोल्नु पथ्र्यो । एल्वमको प्रोमोशनको लागि पनि कहिले मिडिया, कहिले कम्पनी, कहिले कहाँ धाउनु पर्यो ।
0 गायिकाका निम्ती कत्तिको सहज वातावरण पाउनु भयो नेपाली संगीतमा ?
- गायिकाहरुका निम्ती त निकै गार्हो छ । समय निकाल्न नै मुश्किल हुन्छ । ममात्र हैन अरुले पनि धेरै संघर्ष गरिरहेको पाएको छु ।
0 पहिलेको सिने गुरुङ र अहिलेको चर्चित सिने गुरुङमा के अन्तर रह्यो त अव ?
- पहिले त चिन्दैन थिए र ग्यालेक्सि पव्लिक स्कुलको एक शिक्षिकामात्र थिएँ । अहिले नाम पाएको छु । श्रोता दर्शकले माया दिनु भयो । बाटोमा हिड्दा पनि मान्छेहरुले मलाई 'नोटिश' गर्न थालेका छन् ।
0 यति धेरै संघर्षका बावजुद संगीतमा लोकपि्रयता पाउनु भएको छ । तर, नेपाली संगीतमा 'स्कोप' चाँही कस्तो देखिरहनु भएको छ ?
- विस्तारै कम्पनीहरुले बोलाउन थालेका छन्, केही समय अघि कान्तिपुर टेलिभिजनको कार्यक्रम 'हाउसफुल'मा पाश्र्व गीत गाएको थिएँ । अव चाँही केही राम्रो होला जस्तो अनुभूत भएको छ । पाश्चात्य शैलीका भए पनि नेपाली गीत संगीत भएकाले पप, रक, आर एण्ड वि जस्ताहरु गीतहरुले राम्रो स्थान पाउन थालेको छ । अव नेपाली संगीतको स्कोप पनि राम्रो भएको महसुस भएको छ । त्यसो त हाम्रो गीतहरु पनि एमटिभी, भि च्यानलबाट पनि बजोस् भन्ने चाहना छ ।
0 धेरै होटलहरुमा गीत गाएर आफ्नो सांगीतिक यात्रा तय गर्नु भयो । होटलमा गीत गाउदा कत्तिको मिस विहेव सहनु प्रयो ?- मैले प्रायः ५ स्टार होटलमा नै गीत गाए । अहिले पनि गाइरहेकी छु । तर, मलाई त्यस्तो मिस विहेव गरेको अनुभव छैन । किनकी नेपालीहरुले गायक गायिकाहरुलाई धेरै सम्मान गर्नु भएको पाएकी छु । र, ५ स्टार होटलमा प्रायः डिसेन्ट फ्यामिलीहरु नै आउने भएकाले त्यस्तो मिस विहेव नै हुदैन ।
0 तपाई त विवाहित पनि हुनु हुन्छ । घरमा समय कत्तिको दिनुहुन्छ नि ?- मेरो श्रीमान् राजेश श्रेष्ठ पनि 'एक्स मन्त्र' व्याण्डमा संलग्न हुनुहुन्छ । उहाँ पनि म्युजिकमै रमिरहनु भएकोले मलाई धेरै सर्पोट मिलिरहेको छ । कहिं मिटिङ वा अन्तर्वार्ताका लागि उहाँ पनि सँगै गइदिनु हुन्छ । तर, घरमा पनि समय दिइरहेकी छु ।
0 फुर्सदका समय कसरी व्यतित गर्नु हुन्छ नि ?
- मीठो खाने कुरा पकाएर अरुलाई खुवाउनु मन पर्छ । गार्डनिङमा पनि सोख छ । तर, प्रायः म व्यस्त नै रहन्छु ।
0 भविष्यका योजना चाँही के कस्ता छन् नि तपाईका ?- मेरो आमाको दिदीले बृद्ध आश्रम संचालन गर्नु भएको थियो । मलाई पनि समाजसेवामा इच्छा भएकाले पछि त्यस्तै आश्रम खोल्ने योजना छ ।
0 अरुले थाहा नपाएका तर सिने गुरुङको विशेष कुराहरु केहि छन् कि ?
- म केही सेन्सिटिभ छु । मलाई लो प्रोफाइलमा नै रम्न मन पर्छ । र, म सवै भगवानलाई मान्छु । मन्दिर, चर्च, मस्जिद म जहाँ पनि जान्छु र उत्तिकै समान आश्था छ । कठिन परिश्रममा विश्वास गर्छु । मलाई यस्तो लाग्छ कि गड हेल्पस् दोज हु हेल्प देमसेल्फ ।
Bisham Thakuri
dearbisham@hotmail.com